नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लोकतान्त्रिक प्रतिस्पर्धाको मैदानमा आउन खुला चुनौती दिएका छन्।
धुलाबारीमा आयोजित कांग्रेसको क्षेत्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै शर्माले भने, “यदि पूर्वराजाले आफू अनुकूलको शासन प्रणाली ल्याउन चाहनुहुन्छ भने, जनताको मत जितेर देखाउनुस्।”
उनको भनाइ अनुसार, लोकतन्त्रलाई कमजोर बनाउने कुनै पनि प्रयास अस्वीकार्य हुनेछ। उनले जनताले धेरै संघर्षपछि प्राप्त गरेको व्यवस्था पुनः उल्टाउने कोसिस विफल हुनेमा विश्वास व्यक्त गरे।
शर्माले लोकतन्त्रप्रति जनताको आस्था अझ मजबुत बन्दै गएको र राजनीतिक प्रतिस्पर्धा चुनावमार्फत मात्र हुनुपर्नेमा जोड दिए। उनले थपे, “समान मैदानमा आउनुहोस्, जनताले को चाहन्छ भन्ने स्पष्ट हुनेछ