- होली फागुन महिना मा मनाउने हिन्दुहरूको प्रमुख पर्व को रूपमा रहेको छ !होली लाई नेपाल तथा भारतमा प्रत्येक वर्ष शुक्ल पूर्णिमा को दिन मनाउने गर्छ !
होलिका इतिहास त्रेता युग संग रहेको मानिन्छ !त्रेता युगमा राक्षस को कुलमा हृन्याकशपु नाम गरेको राक्षस का घरमा भगवान विष्णु का भक्त का रूपमा प्रल्हाद को जन्म भए को थियो ! हृन्याकशपु आफूलाई भगवान र भगवान विष्णु लाई आफ्ना ठूलो सत्रु सम्झन्थे ! जब प्रल्हाद को जन्म भयो र उ बोल्न जाने भगवान विष्णु लाई रातदिन हरिनाम को जाप गरी रहेको देखें !

आफ्नो शत्रुलाई आफ्नै छोराबाट सम्झेको र गुण गन गरेको देख्दा हृन्याकशपु धेरै क्रोधित भए र उनले छोरा लाई भगवान विष्णु को नाम बिर्सेर आफ्नो हृन्याकशपु
नाम जाप गर्न को लागि भने ! हरीनाम बीर्सन को लागी धेरै प्रयास गरे तर भक्त प्रल्हाद आफ्ना भगवान लाई बिर्सन सकेन ! तब हृन्याकशपु ले आफ्नै छोरा लाई सत्रु सम्झी मार्ने प्रयास गरे !
प्रल्हाद लाई मार्नको लागि अनेक युक्ति लगाए !आफ्ना ठूला ठूला राक्षस,पहलवान ,एवम जल्लादहरु खटाए तर भक्त प्रलहदलाई मार्न सकेन !
अन्तमा हरिण हृन्याकशपुले भक्त प्रल्हाद लाई मार्न अफ्नै बहिनि होलिकालाई पठाए !होलिका आगोमा न जल्ने वरदान पाएकी थीईन ! उक्त बर्गदानले गर्दा होलिका भक्त प्रल्हाद लाई मार्न एक अग्नि कुण्ड तयार गरीन र प्रल्हाद लाई आफ्नो काखमा राखी आगो लगाउन आदेश गरिन ! जब आगो सकिन थाल्यो होलिका जल्न थालीन र केही क्षिनमै होलिका जलेर खरानी भयो र भक्त प्रल्हाद हरी नाम जाप गर्दै सकुसल अग्नि कुण्ड बाट बाहिर आए !

हृन्याकशपु पनि महादेव बाट वरदान पाएका थिए
न ससस्त्र , बाट मर्ने न अस्त्र बाट न दिनमा न रातमा,न देव बाट न दानव बाट अब यस्तो कोई हुँदैन र हामीलाई कोई मार्न सक्दैन भनी अहम हृन्याकशपु मा पनि थियो ! तर भगवान विष्णु ले नर्सीङ अवतार लिई हृन्याकशपु
उपयुक्त स्थान र समयमा उपयुक्त हतियार औंलाको नङ ले छाती फाडी मुक्ति दिएका थिए ! यही खुशीको सम्झनामा हिन्दू धर्म लम्बी हरु फागुन पूर्णिमा मा होली मनाउँने गरेका छन ! होली को एक दिन पहिले होलिका पनि जलाउने गरेका छन!

हाम्रो समाज ले होली कसरी मनाउँछ त ?
पहिले को होली र अहिले को होली मा के परिवर्तन भएको छ त ?
होली फागुन पूर्णिमा मा मनाउँदा यसलाई तराई बासी ले फगुवा पनि भन्ने गर्छन् !
होली मा रंग हरु घोली अर्को लाई फालेर वा दलेर जान अनजान सबैलाई रंग लगऊने गरेको थियो ! साथै महिला लाई आँगनमा वसाई बाल्टी मा रंग घोली नुहाउने गरेको थियो ! तर अहिले रंग ससाना नानीले मात्र खेल्ने गरेको छ ! बैश्यक हरु अबिर तथा गुलाल मात्र खेल्ने गरेको देखिन्छ !
पहिले जोगिरा का ग्रुप हरु एक टोल बाट अर्को टोलमा गई कम्पिटिसन मा जोगिरा गाउने गर्थियो तर हाल यस्तै कुनै टोलमा जोगिरा को ग्रुप रहेको देखिन्छ प्राय जोगिरा लुप्त नै भई सकेको छ !
जोगिरा केहो भने १२ -१४ वर्षको बालक धेरै लाई थाहा पनि छैन !
होली को गाउँ समाजका रीति अनुसार आफ्नै महत्त्व रहेको छ ! होली तराई मधेशमा रंग घोलेर एक अर्का लाई फालेर वा दलेर हर्ष उल्लास गर्नु मात्र नभई घर देवता लाई पूजा पाठ गर्ने पनि चलन रहेकोछ !

होली मा घर देवता लाई पूजा गर्न नयाँ अर्थात् हाले उत्पादन गरेको मसिनो सुगन्धित धान को चामल बनाई
भिजाएर ओखलि वा मेशिन मा पिठो तयार गरिन्छ र उक्त पिठो बाट सेल बनाए झै फगुवाको प्रसाद को रूपमा पुवा बनाई घर देवता लाई चढाउने परम्परा रहेको छ !
यसका साथै घर देवता लाई अबिर र सिन्दुर को टिको लगाई अक्षत ,पान ,सुपारी एवम दूध र केला आदिको प्रसाद चढाउने प्रचलन रहेको छ !
घर देवता लाई चढाउने पुवा एक प्रकार को रुमा पनि बनाएर खाने चलन रहेको छ !
होली को दिन विशेष भोजन पकाएर पनि खाने गरिन्छ!
शाकाहारी व्यक्ति दूध ,दही, पकाउडा,र खिर पनीर खाने गरिन्छ भने मांसाहारी परिवारले माछा मासु को विशेष प्रबन्ध गरेको हुन्छ !
पहिले गाजा भाङ खाएर होली खेल्ने एवम जोगिरा गाउने चलन थियो !
आज भोलि सरकार द्वारा गाजा भाङ प्रतिबंधित गराइएकोले ती चलेको देखिँदैन तर आज भोलि लोकल र ब्राण्डेड जाँड रक्सी प्रयाप्त पाउने गरेकोले हाल धेरै जसो परिवार ले जाँड रक्सी समेत को व्यवस्था गरी खाने र खिल्याउने गरेको देखिन्छ !

यस्तै एक आपस मा अहिलेको होली मा अबिर लगाई हर्स उल्लास गरेको पाइन्छ !

यही हाम्रो मधेशमा होली को विशेषता रहेको छ !