तराई मधेश मा सिरवा पर्व कसरी मनाइन्छ र यसको महत्त्व के छ ?

 

नेपाल को तराई मधेशमा वर्ष को पहिलो दिन वैशाख १ गते मनाईने पर्व लाई सीरवा पर्व भनिन्छ !

अन्य पर्व भन्दा  सिरवा पर्व को आफ्नै एक अलग महत्त्व रहेको छ !हिन्दू हरुले मनाउने हरेक चाड पर्व हरु मध्ये सब भन्दा महत्त्वपूर्ण पर्व सिरवा हो ! यो पर्व एका तर्फ वर्षको विदाई को सम्मानमा  घर देवतालाई  पूजा गरी विदाई गरेको देखिन्छ भने  ,अर्को  नयावर्षको आरम्भ लाई हर्सो उल्लासका साथ शुभकामना अदान प्रदान गर्ने उदेश्य अनुरुप छर छिमेक ,इस्ट मित्र ,कर कुटुम्भ लाई बोलाई विशेष प्रकार बनाई खुवाउने हुँदा अपशी  मनमोटाव  वैमनस्यता त्याग गरी परिवारीक एवं सामाजिक सदभाव स्थापित गरेको देखिन्छ !

 हिन्दू हरुले मनाउने अधिकांस पर्व ग्रह नक्षत्र अथवा चन्द्रमाको अथास्थिती संग ताल मेल गरी शुक्ल पक्ष र कृष्ण पक्ष को आधारमा देवी देवताको जनमोत्सव ,विजय उत्सव  लाई पर्वको रूपमा मनाउने गर्छ ! तर सिरवा  पर्वमा  सुर्य चन्द्रमा वा अन्य ग्रह नक्षत्र को कुनै ताल मेल रहेको छ , न बाहुन पण्डित को कुनै विचार धारा समावेश गरीएको छ !

 ग्रामीण क्षेत्र मा रहेका सम्पूर्ण हिन्दू धर्मावलम्बी आदिवासी जनजाति हरुले मनाइने सबैभन्दा ठुलो सीरवा पर्व लाई केवरत मण्डल , धानु मण्डल,गन्गाई मण्डल,शाहतेली,गन्गाई,   माझि, उराँव बानियाँ, महत्तो (नुनिया)राजवंशी,ताजपुरिया,थारु ,मुशहर (ऋषिदेब) ,वातर(सरदार ), पासमान ,धिमाल ,सन्थल लगायत का जाति हरुले अ आफ्नै जात जाती सामाजिक रित संस्कृतिनुसार देवी देवता को पूजा गरी,मीठा मीठा प्रकार बनाई खाने,  एक आपसमा भ्रातृत्व र बन्धुत्वको सम्बन्धलाई बढाउन शुभकामना आदान–प्रदान गर्दै सामूहिक रुपमा हर्षाेल्लासका साथ यो पर्व मनाउने गरिएको छ  !

सीरवा पर्व नेपाल मा मात्र न भई छीमेकी देस भारत को बीहार मा समेत सीरवा पावेन को नामले र अन्य भारतवर्ष मा बैसाखी पर्व को रुपमा मनाउने चलन रहेको छ ! नेपाल भारत को पात्रो (क्यालेन्डर ) बिक्रम सम्बत ले एक दीनको फरक रहेको हुँदा नेपाल भारत मा रहेका हिन्दू धर्मालम्वी हरुले मनाउने अधिकांस पर्व दुई दिन हुने गरेको देखिन्छ ! यही अनुरूप मुख्य तया सिरवा पर्व पनि दुई दिन मनाउने गरेको पाइन्छ! कुनै कुनै जाति समाज ले वैशाख को हप्ता भरि नै सिरवा पर्व मनाई रहेको पाइन्छ!

सिरवा पर्व को सुरवात  पुरानो वर्ष को चैत्र को अंतिम दिनमा घर देवतालाई नयाँ उत्पादन गरेको अन्न वाली गेहुँ लाई मुख्य प्राथमिकता दिँदै गेहूँ लाई भुटेर सात्तु बनाई पूजा गरिन्छ !जसमा कुम्हाले द्वारा बनाइएको गाग्रो जस्तो आकारको तर एकदमै सानो आकारको भाँडोमा अक्षत र  सिरवा को मुख्य प्रसाद सातु लाई प्रसाद बनाई दूध केला,चीनी मिलाई चढाउने प्रचलन रहेको छ ! उक्त सातु लाई भोजन वा खाजा को रूपमा खाने चलन पनि रहेको छ!

oplus_0
उक्त दिनलाई मधेशमा सतुवेन् पावेन् भनिन्छ !सतुवेन बिना सिरवा को कुनै अर्थ न रहेको बुझन सकिन्छ !
सिरुवा पर्वको समयमा झापा, मोरङ्ग र सुनसरीका विभिन्न ठाउाहरुमा मेला लाग्ने परम्परा छ !

यस्तै मोरङ मा सिरवा मेला को रूप मा प्रख्यात रहेको शनबृश थान मेला र भेडवा मेला मुख्य हुन !यी मेला हरु उहीलेको समयमा विवाह को लागी केटा केटी लाई हेर्ने,रुचाउने वा जवाई बुहारीको  सम्बन्ध जोडन का लागी प्रख्यात रहेको छ !

oplus_0
 सिरवा मेला  को दिन बाट ग्रामीण सिमावर्तीक्षेत्र मा रहेको हरेक ग्राम देवता थान मा वार्षिक पूजा गरी मेला लाग्ने गरेको पाइन्छ !
Previous Post Next Post

نموذج الاتصال